एडिलेड । सदावहार गायक रामकृष्ण ढकाल अक्टोवर ७ मा हुने सांगितिक कार्यक्रमका लागि एडिलेड आउने भएका छन् । गायक ढकालले ‘रामकृष्ण ढकाल अस्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अस्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिबार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरेका हुन् ।
बिहान उठ्ने बितिकै’ बोलको गीत गाउँदै स्टेजमा देखिएका ढकालले आफ्नो चर्चित ‘बाँचुञ्जेलीलाई, ओराली लागेको, नजिक आउनुमा, चरीले त छाडेर’ लगायतका गीतहरू प्रस्तुत गरेका थिए। अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ् दिए । सन् २००९ देखि नै आफूले अष्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए । सिड्नीपछि गायक ढकालले अक्टोबर ७ मा अष्ट्रेलियाको अर्को सहर एडिलेडमा आफ्नो प्रस्तुती दिने भएका छन् । सारंगी इभेन्टको आयोजनामा एडिलेडको एभेरेष्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा साँझ ५ बजे हुँदैछ । गायक ढकालले आफू एडिलेडमा रहेका नेपाली माँझ गुञ्जिन तयार रहेको बताए ।
सारंगी ईभेन्टका निर्देशक विकास पौडेलका अनुसार ढकालको प्रस्तुति अगाडि एडिलेडका क्रियाशिल केहि स्थानिय कलाकारहरुले समेत प्रस्तुति दिने भएका छन् । प्रवेश शुल्क १०० तोकिएको र तिन कोर्ष खानको व्यवस्था गरिएको उक्त कार्यक्रममा अठार वर्ष उमेर समुहका माथीका लागि ढकालका चर्चित गितहरु सुन्दै खानाको आनन्द उठाउन पाउने समेत निर्देशक पौडेलले बताउनुभयो । पौडेलले सदाबहार र सम्मानित गायक भएकाले एडिलेड बासी सबैलाई उपस्थित भइदिन र कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध समेत गर्नुभयो।
तपाइँको प्रतिक्रीया