२०८१ चैत ३ सोमबार

‘पूर्णबहादुरको सारङ्गी’ले रच्यो इतिहास, एकै दिन ९८ हलमा ४६५ शो

  • admin २०८१ कातिर्क २४ शनिवार

काठमाडौं– अघिल्लो हप्ता रिलिज भएको नेपाली फिल्म ‘पूर्णबहादुर’को सारङ्गीले इतिहास रचेको छ।

नेपालभर ९८ हलमा शनिबार मात्र ४६५ शो उक्त फिल्मले पाएको छ। मल्टिप्लेक्स सिनेमा हल चल्तीमा आएपछि कुनै पनि नेपाली फिल्मले यस्तो इतिहास कायम गर्न सकेको छैन।

फिल्म निर्माता कम्पनी सेभेन सिज सिनेमाले यस्तो जानकारी दिएको हो। निर्माता कम्पनी सेभेन सीजका अनुसार विदेशमा पनि यस फिल्मले उधुम मचाएको छ।

यस फिल्मका फूटेज, गीतहरुले पनि सामाजिक सञ्जालमा पनि उधुम मच्चाइरहेका छन्। बिजय बराल, प्रकाश सपूतलगायतका कलाकार रहेको फिल्म दोस्रो हप्तामा झनै चम्किएको छ।