डार्विन- नर्दन टेरिटरी सरकारले २०२५ का ‘उत्कृष्ट नागरिक’ पुरस्कारका लागि तीन जना फाइनलिस्टको घोषणा गरेको छ। नेपाली मुलका फिरोज राना उत्कृष्ट नागरिकको फाइनल सूचीमा परेका छन्। उनले नर्दन टेरिटरीको बहुसांस्कृतिक समाज तथा खेलकुदमा उल्लेखनीय योगदान पुर्याउँदै युवाहरूलाई नेतृत्व प्रदान गरेको कारण फाइनलिस्टका लागि चयन भएका हुन्।
फाइनलिस्टमा पर्ने अन्य दुई व्यक्तित्वहरू
जेस्सी हल:महिला सिमान्तकृत युवाहरूलाई लामो समयसम्म सहयोग र नेतृत्व प्रदान गरी उनीहरूको जीवनमा महत्वपूर्ण योगदान पुर्याएकी छिन्।
डोना रोशम: अपाङ्गता भएका बालबालिकाहरूलाई पौडी सिकाउने उद्देश्यले २००५ मा एक विशेष समूह स्थापना गरेकी डोना पनि फाइनलिस्टमा परेकी छन्।
अस्ट्रेलियाका राज्य सरकारले प्रत्येक वर्ष २६ जनवरी (अस्ट्रेलिया डे) मा विभिन्न विधामा समुदायमा योगदान पुर्याउने नागरिकहरूलाई सम्मान गर्ने परम्परा रहेको छ। यसपटक नर्दन टेरिटरी सरकारले ‘उत्कृष्ट नागरिक’ र ‘उत्कृष्ट युवा नागरिक’ गरी दुई विधामा सम्मान प्रदान गर्ने भएको छ।
फाइनलिस्ट चयनका क्रममा समुदायलाई उत्कृष्ट योगदान पुर्याएका व्यक्तिहरूमध्ये उत्कृष्ट तीनजनाको छनोट गरिएको हो।
तपाइँको प्रतिक्रीया