काठमाडौं । इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ । युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन् ।
यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ -२०२३ मा अपहरण गरिएको थियो । प्रकाशित सूची अनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन् ।
त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन् । उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन् ।
इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो । युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो ।
हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम भने छैन् । एजेन्सी
तपाइँको प्रतिक्रीया