२०८१ माघ २५ शुक्रबार

अमेरिकामा हाललाई टिकटक पुरै बन्द , टिकटक व्यवस्थापन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूरा भरोसा

  • admin २०८१ माघ ६ आइतबार

अमेरिका/ अमेरिकामा हाललाई टिकटक पुरै बन्द भएको छ । टिकटक व्यवस्थापन निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पूरा भरोसा रहेका छन् । साथै ट्रम्पले बचाउने सङ्केत समेत दिएका छन् ।

ट्रम्पले जनवरी २०-२०२५ मा सपथ ग्रहण गर्दै छन् । सामाजिक संजाल टिकटकका मालिकले ट्रम्पलाई फ्लोरिडा स्थित मारालागो भवनमा समेत भेट गरेका थिए । ट्रम्प पहिले टिकटक बन्द हुनु पर्छ भने पक्षमा थिए भने पछि उनि टिकटकको पक्षमा वकालत गर्ने र बन्द नहोस भन्ने चाहना राख्ने कुरामा आफ्ना भनाईहरु राख्दै आई रहेका छन् ।

ट्रम्पले शनिबार एनबीसी न्यूजको “मिट द प्रेस” का कार्यक्रम प्रस्तोता क्रिस्टेन वेल्करलाई आफूले सोमबार पदभार ग्रहण गरेपछि अमेरिकामा सम्भावित प्रतिबन्धबाट टिकटकलाई ९० दिनको समय थप्ने “सम्भावना” रहेको बताएका छन् । तर उनले अन्तिम निर्णय लिई नसकेको बताए ।

तर अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा दुई घण्टा अघि, शनिबार राति संयुक्त राज्य अमेरिकामा टिकटक बन्द भएको छ । विश्वको सबैभन्दा लोकप्रिय सामाजिक सञ्जाल अनुप्रयोग (एप)हरू मध्ये एक अमेरिकामा बन्द हुन् पुगेको छ । अमेरिकामा १७ करोड यसका प्रयोगकर्ता रहेका छन् ।

अमेरिकामा सामाजिक संजाल टिकटक अनुप्रयोग (एप)खोल्दा यस्तो सन्देश देखिन्छ र त्यसमा यस्तो लेखिएको छ , “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन। अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानून लागू गरिएको छ। दुर्भाग्यवश, यसको मतलब तपाईहरुअहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न।”

हामी भाग्यमानी छौं कि राष्ट्रपति ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनर्स्थापित गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत गर्नुभएको छ, कृपया सम्पर्कमा रहनुहोस्,यस्तो लेखिएको देखिन्छ ।

ट्रम्पले प्रतिबन्धबाट बच्न टिकटकलाई ९० दिनको समय थप्ने सङ्केत दिएका छन् । “मलाई लाग्छ, निश्चित रूपमा ९० दिनको समय थप्ने कुरा सम्भवतः गरिनेछ, किनभने यो उपयुक्त छ। हामीले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ, ट्रम्पले दूरवार्ता अन्तर्वार्तामा भने।

“यदि मैले त्यसो गर्ने निर्णय गरें भने, म सम्भवतः सोमबार घोषणा गर्नेछु,” उनले भने। गत वर्ष पारित द्विपक्षीय कानूनमा विशेष परिस्थितिहरूमा ९० दिनको विस्तार स्पष्ट रूपमा अनुमति दिइएको छ। टिकटकको समय सीमा जनवरी १९-२०२५ रहेको थियो ।