काठमाडौं । खो खो खेल भनेको एक टीमको खेलाडीले अर्को टीमको खेलाडीलाई लखेटेर खेलिने खेल हो । एक टोलीमा १२ जना खेलाडी भए पनि एक पटकमा ९-९ जना खेलाडीले खेल्ने गर्छन् । तर, यो विश्वकपमा भने एक खेलमा ७-७ खेलाडी खेलाइएको छ । एउटा टीम चेसिङ र अर्को टीम डिफेन्डिङ हुन्छ । चेसिङ टीमका ६ खेलाडी मैदानमा बस्छन् र एउटा खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन खोज्छ । मैदानमा बसेका खेलाडी एक अर्कामा विपरीततर्फ फर्केर बस्छन् । चेसिङ टीमको खेलाडीले डिफेन्डिङ खेलाडीलाई छुन सकेमा एक अंक पाउँछ । खेल दुई पारीमा खेलाइन्छ । एक इनिङ ७-७ मिनेटको हुन्छ । एक इनिङमा चेसिङ गर्ने टीम अर्को इनिङमा डिफेन्डिङ गर्नेछ । इन्टरभल ५ मिनेटको हुन्छ ।
नेपालमा २०५२ सालमा डा. रामकृष्ण महर्जनको अध्यक्षमा खो खो संघको तदर्थ समिति राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । सोही वर्ष नेपाल भारत मैत्री खो खो खेल भएको थियो । त्यसअघि नै पाठ्यक्रम खो खो समावेश गरिए पनि संघ गठन भएपछि मात्रै खो खोका गतिविधि सुरू भएको थियो । २०६८ सालमा अधिवेशन गर्दै संघ आधिकारिकरूपमा दर्ता भएको हो ।
यो पनि पढ्नुहोस्।
नेपाल प्रथम खो खो विश्वकपको पुरुष र महिलातर्फ दुवै उपविजेता बनेको छ ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो ।
यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो । भारतले महिला र पुरुष दुवै विधामा उपाधि जित्दा नेपाल भने दुवैमा उपविजेता बन्यो ।
पहिलो पटक आयोजना भएको खो खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र भारत र नेपालले अन्य राष्ट्रलाई पछि पार्दै फाइनल यात्रा तय गरेका थिए ।
तपाइँको प्रतिक्रीया