एडीलेड/ साउथ अष्ट्रेलियाको हेलेट कोभमा नेपाली परिवारद्वारा नयाँ व्यवसायको शुरुआत गरेका छन्। प्रवासमा नेपालीहरूको बसोबास बढ्दै जाँदा उनीहरू साना तथा ठूला व्यवसायमा आकर्षित हुने क्रम दिनानुदिन बढ्दो छ।
यसैक्रममा साउथ अष्ट्रेलियाको लोकप्रिय पर्यटकीय गन्तव्य हेलेट कोभमा काठमाडौं, टोखाका सागर श्रेष्ठ र उनको परिवारले “Lux Eyebrows & Lashes” नामक सौन्दर्य सेवा व्यवसायको सुरुवात गरेका छन्।
यो व्यवसाय विशेष गरी गैर-नेपाली समुदायलाई समेत लक्षित गरेर सञ्चालन गरिएको छ। व्यवसायले महिलाहरूलाई आँखी भौंको आकर्षक बनावट, ल्याशेसको परिष्कृत सेवा, सौन्दर्य सेवाहरू उपलब्ध गराउने छ।
मंगलबार उक्त व्यवसायको उद्घाटन साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगकी सदस्य मञ्जु खड्का र म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले संयुक्त रूपमा गर्नुभएको थियो।
उद्घाटन समारोहमा नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। उपस्थित समुदायले नयाँ व्यवसायका लागि शुभकामना व्यक्त गर्दै व्यवसायको सफलताको कामना गरेका थिए।
Lux Eyebrows & Lashes कासञ्चालिका लक्ष्मी श्रेष्ठका भन्नुहुन्छ “यो व्यवसायमार्फत हामीले नेपाली मात्र नभई अन्य समुदायलाई समेत उत्कृष्ट सौन्दर्य सेवा दिने उद्देश्य राखेका छौं। हाम्रो लक्ष्य गुणस्तरीय सेवा मार्फत ग्राहकको आत्मविश्वास बढाउनु हो।”
यस व्यवसायले स्थानीय समुदायमा रोजगारीको अवसर सिर्जना गर्नुका साथै साउथ अष्ट्रेलियामा नेपालीहरुको उद्यमशीलतामा थप योगदान गर्ने अपेक्षा गरिएको छ।
नेपाली समुदायको प्रगतिमा थप एक नयाँ उपलब्धिको रुपमा, यो व्यवसायले साउथ अष्ट्रेलियामा नेपाली पहिचान झल्काउने अर्को उदाहरण बनेको छ।
तपाइँको प्रतिक्रीया