एडिलेड- एडिलेडस्थित EEVS SA PTY LTD का निर्देशक तथा अनुभवी आप्रवासन सल्लाहकार रुपक बर्तौला अब न्यूजिल्यान्ड भिसा सम्बन्धी परामर्श दिन आधिकारिक रूपमा प्रमाणित भएका छन्। उहाँले सामाजिक सञ्जाल मार्फत यो कुराको जानकारी दिनुभएको हो।
बर्तौलाले न्यूजिल्यान्डको आप्रवासन सम्बन्धी सबैजसो विषयमा उच्चस्तरीय परामर्श र मार्गदर्शन प्रदान गर्न सक्ने अधिकार प्राप्त गर्नुभएको छ। यस उपलब्धिले उहाँलाई अष्ट्रेलियाका साथै न्यूजिल्यान्डमा अध्ययन, काम र स्थायी बसोबास सम्बन्धी परामर्श चाहने व्यक्तिहरूका लागि एक विश्वासिलो स्रोत बनाएको छ।
Expert Education and Visa Services Adelaide का निर्देशक समेत रहेका बर्तौलाले आप्रवासनको क्षेत्रमा आफ्नो दशकौंको अनुभवलाई उपयोग गर्दै सेवाग्राहीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। उहाँले शैक्षिक क्षेत्रमा अष्ट्रेलियामा नेपाली र अन्य बहुसांस्कृतिक समुदायका लागि उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
न्यूजिल्यान्ड भिसा सम्बन्धी सेवाको थालनीसँगै, बर्तौलाले आफ्नो सेवाग्राहीहरूको हितका लागि उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
तपाइँको प्रतिक्रीया