२०८२ बैशाख १५ सोमबार

प्रधानमन्त्री एन्थोनी अल्बनीजीले दिए होली पर्वको अवसरमा शुभकामना

  • admin २०८१ चैत १ शनिवार

अस्ट्रेलिया/ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजीले होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेका छन्। सन्देशमा उनले होलीलाई प्रेम, सद्भाव र नयाँ जीवनको रंगीन पर्वका रूपमा चित्रण गर्दै यसले प्राचीन परम्परामा आधारित सांस्कृतिक महत्व बोकेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री अल्बनीजीले दक्षिण एसियाली समुदायका लागि होलीलाई परिवार र साथीभाइसँग भेला भई आस्था, इतिहास र संस्कृतिको सम्मान गर्ने अवसरको रूपमा व्याख्या गरेका छन्। साथै, उनले होलीजस्ता पर्वहरूले आधुनिक अस्ट्रेलियालाई थप सम्पन्न बनाउँदै विविधतालाई गौरव र शक्तिको स्रोतका रूपमा उजागर गर्ने बताएका छन्।

उनले दक्षिण एसियाली मूलका अस्ट्रेलियालीहरूले देशलाई उल्लेखनीय ऊर्जा, महत्त्वाकांक्षा र योगदान प्रदान गरेको बताउँदै होलीजस्तो पर्वले अस्ट्रेलियाको मित्रता र समझदारीको भावना झल्काउने उल्लेख गरेका छन्।

प्रधानमन्त्री अल्बनीजीले होली मनाउने सम्पूर्ण समुदायलाई सुखद र आनन्दमय होलीको शुभकामना दिएका छन्।