एडिलेड ,अस्ट्रेलिया / अस्ट्रेलियन नेप्लिज क्रिकेट एसोसिएसन (ANCA) का खेलाडी इभाशा श्रेष्ठ दक्षिण अस्ट्रेलियाको U14 राज्य टिम का लागि चयन भएकी छन् । उनी आगामी जुलाई 6 देखि 12 तारिख सम्म पर्थ, पश्चिम अस्ट्रेलियामा हुने राष्ट्रीय इनडोर क्रिकेट प्रतियोगिता (National Indoor Cricket Competition)मा दक्षिण अष्ट्रेलिया को प्रतिनिधित्व गर्दै आफ्नो प्रतिभा प्रस्तुत गर्ने छिन्।

६ वर्षको उमेरमा Woolworths Cricket Blast बाट क्रिकेट सुरु गरेकी एभाशाले ANCA GEMS U10 मा चार सिजन खेलेकी थिइन् । हाल उनी ANCA GEMS U12 Striker Girls Team की कप्तान हुन्।
इभाशाले यो राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने मौका पाएर ठूलो उपलब्धि हासिल भएको एन्का अध्यक्ष विजय जोशीले बताउनुभयो । जोशीले खेलप्रेमीहरूका लागि यो एक ऐतिहासिक क्षण भएको र एन्का र दक्षिण अष्ट्रेलिया को क्रिकेट टोलीका लागि यो एक गर्वको विषय भएको बताउनुभयो।
इभाशाको यो सफल यात्रामा Expert Education and Visa Services, Livability Care Australia, र Doko Tours ले प्रायोजन गर्दै यात्रा तथा प्रतियोगिता खर्च व्यवस्थापन गर्ने भएका छन्।
इभाशाको यो उपलब्धिले नेपाली क्रिकेट समुदायलाई गौरवान्वित बनाएको छ। एभाशालाई थप सफलताको शुभकामना।

तपाइँको प्रतिक्रीया