एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाका दुई परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच ‘पूर्ण र तत्काल युद्धविराम’ मा सहमति भएको सनसनीपूर्ण दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यो सहमति अमेरिकाको मध्यस्थतामा रातभर चलेको गहन वार्ताको परिणाम भएको उनले बताए ।

‘लामो रातको वार्तापछि, मलाई यो घोषणा गर्न खुसी लागेको छ कि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन्,’ ट्रम्पले आफ्नो पोस्टमा लेखेका छन् । ‘यो सामान्य बुद्धि र उत्कृष्ट बुद्धिमत्ताको प्रदर्शन हो । दुवै देशलाई यो महत्त्वपूर्ण कदमका लागि बधाई ! यो विषयमा ध्यान दिएकोमा धन्यवाद !
ट्रम्पको यस्तो घोषणाले दक्षिण एसियाली क्षेत्रमा चुलिँदो तनाव कम हुने अपेक्षा गरिएको छ। यद्यपि दुबै देशको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।


तपाइँको प्रतिक्रीया