मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आगामी जनवरी १ देखि १८ वर्षमुनिका सबै युवाहरुले रेल, ट्राम, बस र फेरीजस्ता सार्वजनिक यातायात निःशुल्क रूपमा प्रयोग गर्न पाउने भएका छन्। प्रिमियर जसिन्टा एलान नेतृत्वको सरकारले आगामी बजेटमार्फत “युथ माईकी” कार्डमार्फत यो योजना सार्वजनिक गर्नेछ।

हाल वार्षिक ७५५ डलर तिर्नुपर्ने विद्यार्थी पास अब निःशुल्क हुनेछ। सरकारको अनुसार, यो योजनाले करिब १० लाख युवा विद्यार्थीहरूलाई लाभ पुग्नेछ र परिवारको खर्चमा ठूलो राहत मिल्नेछ।
यसअघि जेष्ठ नागरिकका लागि सप्ताहन्तमा निःशुल्क सेवा र अन्य दिन ५०% छुटको व्यवस्था गरिसकिएको थियो। सरकारका अनुसार नयाँ योजनाले चार वर्षमा ३१८ मिलियन डलरको खर्च थपिए पनि सर्वसाधारणका लागि ठूलो राहत हुनेछ।

तपाइँको प्रतिक्रीया