२०८२ असार ३० सोमबार

एडिलेडमा २११ औं भानु जयन्ती विशेष साहित्यिक कार्यक्रम हुँदै

  • admin २०८२ असार ९ सोमबार

एडिलेड,अस्ट्रेलिया- एडिलेडमा नेपाली भाषा र साहित्यप्रेमीहरूका लागि २११ औं भानु जयन्तीको अवसरमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ। ‘साहित्य सुनौं, सुनाऔं — श्रृंखला १५’ अन्तर्गतको यो विशेष संस्करण शुक्रबार, जुलाई ११ तारिखका दिन अपरान्ह ५ बजे मिचेल पार्क स्पोर्ट्स एण्ड कम्युनिटी सेन्टरमा हुनेछ।

कार्यक्रममा कविता, कथा, विचार र भाषाका संवेदनाहरू साझा गरिनेछ। आयोजक संस्था ‘साहित्य अनुरागी एडिलेड’ले यो उत्सव महान् राष्ट्रकवि भानुभक्त आचार्यको स्मृतिमा समर्पित गर्दै सबैलाई सहभागी भइ नेपाली भाषा र साहित्यको गौरवमा योगदान पुर्‍याउन आग्रह गरेको छ। कार्यक्रम ‘Adelaide Nepal’ को व्यवस्थापनमा हुनेछ।

भाषा र साहित्यलाई जीवित राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपाली समुदायको व्यापक सहभागिता अपेक्षा गरिएको छ।