डार्विन,अस्ट्रेलिया / अस्ट्रेलियाको नर्दन टेरिटोरी यहाँ बसोबास गर्दै आएका नेपाली समुदायका लागि महत्वपूर्ण सूचना सार्वजनिक गरिएको छ। NRNA Northern Territory ले आयोजना गर्न लागेको राहदानी नवीकरण शिविरको मिति परिवर्तन गरी अगाडि सारिएको छ। Embassy of Nepal, Canberra को अनुरोधअनुसार यसअघि २८–३१ मार्च २०२६ मा सञ्चालन गर्ने तय गरिएको शिविर अब २०–२३ मार्च २०२६ (शुक्रबारदेखि सोमबारसम्म) आयोजना हुने भएको हो।
उक्त शिविर MCNT Hall, Shop 15, Malak Shopping Centre, Malak Place, Malak, NT मा सञ्चालन गरिनेछ। आयोजकका अनुसार राहदानी नवीकरण गर्न इच्छुक सेवाग्राहीले अनिवार्य रूपमा अनलाइनमार्फत आफ्नो समय सुरक्षित गर्नुपर्नेछ। दर्ता प्रक्रिया खुला भइसकेको छ र सेवा पहिले आउनेलाई पहिले सेवा को आधारमा प्रदान गरिनेछ। त्यसैले समयमै दर्ता गर्न विशेष अनुरोध गरिएको छ।
आवश्यक कागजात, राजश्व तथा प्रक्रियासम्बन्धी विस्तृत जानकारीका लागि Embassy of Nepal, Canberra को आधिकारिक वेबसाइट अवलोकन गर्न आग्रह गरिएको छ। साथै, दर्ता फाराम सावधानीपूर्वक भरी शिविरको दिन सबै आवश्यक कागजात साथमा ल्याउनुपर्नेछ, अन्यथा प्रक्रिया ढिलाइ हुन सक्ने जनाइएको छ।
यस सम्बन्धमा NRNA Northern Territory का संयोजक त्रिलोचन सापकोटाले भन्नुभयो, “दूतावाससँगको समन्वयमा शिविरको मिति अगाडि सारिएको हो। नर्दन टेरिटोरीमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई समयमै अनलाइन दर्ता गरी आवश्यक कागजातसहित उपस्थित हुन हार्दिक अनुरोध गर्दछु। समुदायको सहजताका लागि आयोजना गरिएको यो सेवा सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य छ।”
एनआरएनए नर्दन टेरिटोरीले समुदायको निरन्तर विश्वास र सहकार्यप्रति आभार व्यक्त गर्दै, राहदानी नवीकरण गर्नुपर्ने सबैलाई यस अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।नर्दन टेरिटोरीका नेपालीहरूका लागि यो शिविर समय बचत र सहज सेवाको महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
Booking Link:https://outlook.office.com/…/NepaliPassportAppointment…/
Embassy Link:https://au.nepalembassy.gov.np/pages/9/


तपाइँको प्रतिक्रीया