काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियान छाडेर काठमाडौं फर्किएका छन् ।
रास्वपाले शुक्रवार दाङमा आयोजना गर्ने सभालाई छाडेर उनी सुर्खेतवाट विहिवार वेलुकी नै हवाइमार्ग मार्फत काठमाडौं फर्किएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौं फर्किएको रास्वपाका एक नेताले जानकारी दिए ।
बालेन काठमाडौं फर्किएपछि दाङको सभामा सभापति रवि लामिछाने मात्रै सहभागी हुने छन् । बालेनको स्वास्थ्यमा समस्या आएको भनिए पनि कस्तो समस्या भन्ने बिषय खुलाइएको छैन ।
यसअघि धनगढी लगायतका सभाहरमा रविन र बालेन सँगसँगै सहभागी भएका थिए ।

तपाइँको प्रतिक्रीया