२०८२ माघ ५ आइतबार

घण्टीघर पुगेर बालेनले बजाए घण्टी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह घण्टीघर पुगेका छन् । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को पार्टी केन्द्रीय कार्यालय घण्टीघर पुगेका हुन् । उनीसहित जेनजी अभियन्ता सुदन गुरुङ समेत घण्टीघर पुगेका छन् । उनीहरूलाई रास्वपा नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् । बालेन,सुदनले कार्यालयमा रास्वपाको चुनाव चिह्न घण्टी समेत बजाएका छन् । लगत्तै उनी… Continue reading घण्टीघर पुगेर बालेनले बजाए घण्टी

गगन थापा नेतृत्वको नयाँ कार्यसमिति अवैधानिक भन्दै देउवा पक्ष सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष उक्त निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च पुगेको वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए । उनका अनुसार रिट निवेदन… Continue reading गगन थापा नेतृत्वको नयाँ कार्यसमिति अवैधानिक भन्दै देउवा पक्ष सर्वोच्चमा

साढे ७ मिनेट बसेर सकियो जेनजी आन्दोलनपछिको पहिलो राष्ट्रिय सभा बैठक

काठमाडौं । आइतबारको राष्ट्रिय सभा बैठक साढे ७ मिनेट बसेर सकिएको छ । चालू अधिवेशनको पहिलो दिन आज दुई वटा कार्यसूची पेस भए । पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । दोस्रो राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची । दुवै कार्यसूची अनुसार बैठक चल्यो र… Continue reading साढे ७ मिनेट बसेर सकियो जेनजी आन्दोलनपछिको पहिलो राष्ट्रिय सभा बैठक

नेपाली भजन कीर्तन समूह एडिलेडको वार्षिक साधारण सभा जनवरी २४ मा

एडिलेड । नेपाली भजन कीर्तन समूह एडिलेड (Nepali Bhajan Kirtan Samuha Adelaide) को वार्षिक साधारण सभा (AGM) सन् २०२६ जनवरी २४ तारिख शनिबार एडिलेडस्थित Glandore Community Centre, 25 Naldera Street, Glandore मा आयोजना हुने भएको छ। संस्थाका अनुसार AGM ले संगठनको वार्षिक प्रगति, गतिविधि र उपलब्धिबारे समीक्षा गर्ने, आर्थिक तथा प्रशासनिक प्रतिवेदन प्रस्तुत गर्ने तथा… Continue reading नेपाली भजन कीर्तन समूह एडिलेडको वार्षिक साधारण सभा जनवरी २४ मा

एन्टा अष्ट्रेलियामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन

सिड्नी । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) को वार्षिक साधारण सभाबाट सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। साधारण सभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरेको भए पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हो। निर्वाचन प्रक्रियाको तयारी भइरहेकै बेला उम्मेदवारी फिर्ता भएपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा… Continue reading एन्टा अष्ट्रेलियामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन

सिड्नीमा थारु समुदायको माघी पर्व उत्साहपूर्वक सम्पन्न

सिड्नी । अष्ट्रेलियास्थित थारु समाज सिड्नीले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी छैटौँ पटक भव्य रूपमा मनाएको छ। माघ १ गते रकडेलस्थित इन्द्रेणी फंक्सन सेन्टरमा सम्पन्न कार्यक्रममा थारु भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य झल्किएको थियो। थारु परम्पराअनुसार साँझ पूजा–आजासहित सुरु भएको कार्यक्रम औपचारिक र सांस्कृतिक दुई चरणमा सञ्चालन गरिएको थियो। औपचारिक… Continue reading सिड्नीमा थारु समुदायको माघी पर्व उत्साहपूर्वक सम्पन्न

ओमनाथ कडरियाको ‘अचानो’ सार्वजनिक

काठमाडौं । ओमनाथ कडरियाको ‘अचानो’ शीर्षकको गीत सार्वजनिक भएको छ। उनको शब्द रहेको यो गीतमा स्मिता प्रधानको स्वर छ। गीतले खासगरी अमर प्रेमको कुरा गर्छ। प्रेम कहिल्यै समाप्त नहुने भाव गीतमा प्रकट गरिएको छ। गीतमा रमेश अन्जान कडरियाको संगीत छ भने विशाल निरौलाले एरेन्ज गरेका हुन्। गीतको लिरिकल भिडिओ ल्याइएको हो।

एडिलेडमा आइतबार २८६२औँ सोनाम ल्होसार मनाइँदै, सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम

एडिलेड/ एडिलेडमा बसोबास गर्ने तामाङ समुदाय तथा नेपाली समुदायले आइतबार २८६२औँ सोनाम ल्होसार (घोडा वर्ष) भव्य रूपमा मनाउने भएका छन्। यस अवसरमा तामाङ सोसाइटी अफ साउथ अष्ट्रेलिया को आयोजनामा जनवरी २५, आइतबार एडिलेडस्थित Cosgrove Hall, 40–50 York Avenue, Clovelly Park SA 5042 मा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा तमाङसेलो गीत–संगीतसँगै नेपालमा समेत… Continue reading एडिलेडमा आइतबार २८६२औँ सोनाम ल्होसार मनाइँदै, सांस्कृतिक प्रस्तुतिसहित विशेष कार्यक्रम

प्रतिनिधिसभा चुनाव : ७७ वटै जिल्लामा निर्वाचन अधिकृतकाे कार्यालय आजै खाेलिँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदैछन् । जिल्ला सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय र सदरमुकाम बाहिरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । जिल्ला सदरमुकाममा ७७ वटा… Continue reading प्रतिनिधिसभा चुनाव : ७७ वटै जिल्लामा निर्वाचन अधिकृतकाे कार्यालय आजै खाेलिँदै

निर्वाचन आयोगमा खड्काको जिकिर- कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कोही व्यक्ति वा समूहले पार्टीको महाधिवेशन डाक्न नपाउने बताएका छन् । आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेका खड्काले लोकतन्त्र र संविधानमाथि ठूलो षड्यन्त्र देखिएको जिकिर गरे । उनले भने, ‘म आज नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको उपसभापति, शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस र… Continue reading निर्वाचन आयोगमा खड्काको जिकिर- कोही व्यक्ति वा समूहले महाधिवेशन डाक्न पाउँदैन

ब्रिस्बेनमा नेपाली राहदानी नवीकरण सेवा सञ्चालन हुने

ब्रिस्बेन- ब्रिस्बेनमा क्वीन्सल्याण्ड राज्यभरीका नेपालीहरूका लागि राहदानी नवीकरण सेवा संचालन हुने भएको छ । क्यानबेरास्थित नेपाली दूतावास र एनआरएनए क्वीन्सल्याण्ड (NRNA QLD) को समन्वयमा आगामी जनवरी २८ देखि ३१, २०२६ सम्म ब्रिस्बेनस्थित NRNA QLD कार्यालयमा यो सेवा उपलब्ध गराइने भएको छ। यसले क्यानबेरासम्म यात्रा गर्नु पर्ने झन्झट कम गर्दै क्वीन्सल्याण्डवासी नेपालीहरूलाई सेवा घरमै प्राप्त गर्न सजिलो बनाउने… Continue reading ब्रिस्बेनमा नेपाली राहदानी नवीकरण सेवा सञ्चालन हुने

एडिलेडमा समीक्ष्या अधिकारीको “Candle Light साङ्गीत साँझ” हुने

एडिलेड — चर्चित नेपाली गायिका समीक्ष्या अधिकारी अस्ट्रेलिया टुर अन्तर्गत एडिलेडमा लाइभ प्रस्तुति दिन आउने भएकी छन्। 3KG Entertainment र Yarsa Event को आयोजनामा हुने “Candle Light साङ्गीत साँझ” कार्यक्रम फेब्रुअरी ६ साँझ ६ बजे एडिलेडस्थित Everest Restaurant & Event Centre, Plympton Park मा आयोजना हुनेछ। कार्यक्रमको ओपनिङ प्रस्तुति EchoDusk Band द्वारा हुने छ भने,… Continue reading एडिलेडमा समीक्ष्या अधिकारीको “Candle Light साङ्गीत साँझ” हुने