२०८२ माघ २६ आइतबार

एन्टा अष्ट्रेलियामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन

  • admin २०८२ माघ ५ आइतबार

सिड्नी । एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) को वार्षिक साधारण सभाबाट सुजित कुमार सिंहको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।

साधारण सभाले नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरेको भए पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हो। निर्वाचन प्रक्रियाको तयारी भइरहेकै बेला उम्मेदवारी फिर्ता भएपछि सर्वसम्मत रूपमा नयाँ कार्यसमिति घोषणा गरिएको निर्वाचन समितिले जनाएको छ।

नयाँ कार्यसमितिमा अध्यक्ष सुजित कुमार सिंह, उपाध्यक्ष विकास कुमार झा, महासचिव अन्जु शाह, संयोजक एमडी सैफुल्लाह, कोषाध्यक्ष रञ्जित कुमार दास, सह–कोषाध्यक्ष विनय कुमार यादव र जनसम्पर्क अधिकृत मनिष कुमार साह चयन भएका छन्। सदस्यहरूमा राजेश यादव, रितेश कुमार महतो, सुजित कुमार साह, विशाल कुमार पण्डित, सुरज कुमार साह, नितिश मेहता, अजित कुशवाहा, विक्की कुशवाहा, प्रमिश महतो र नरेश कुमार साह रहेका छन्।

एन्टाका निवर्तमान अध्यक्ष रञ्जित साहाले संस्थाको भूमिका प्रशंसनीय रहेको भन्दै नयाँ टोलीलाई सफल कार्यकालको शुभकामना दिए। नवनिर्वाचित अध्यक्ष सिंहले आगामी दुई वर्षमा एन्टालाई अझ प्रभावकारी, समावेशी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। एन्टा सामाजिक सेवा, सांस्कृतिक संरक्षण र समुदाय अधिकारका सवालमा सक्रिय उदाहरणीय संस्थाका रूपमा परिचित छ।