गर्भावस्थादेखि अभिभावकत्वसम्मको मानसिक स्वास्थ्यबारे एडिलेडमा विशेष सचेतनामूलक कार्यक्रम हुँदै
एडिलेड, अष्ट्रेलिया — एनआरएनए अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्अन्तर्गतको नारी निकुञ्ज वुमेन्स फोरम (SA) ले गर्भावस्थादेखि अभिभावकत्वसम्मको यात्रामा आउने मानसिक तथा भावनात्मक उतारचढावबारे समुदायलाई सचेत गराउने उद्देश्यले विशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘Navigating Emotional Roller Coaster from Pregnancy to Parenthood’ शीर्षकमा आयोजना हुने कार्यक्रम शुक्रबार, १४ अगस्ट २०२६, दिउँसो ४:०० बजेदेखि ६:००...