अस्ट्रेलिया / अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायबीच खेलकुदमार्फत स्वास्थ्य, मित्रता र सामाजिक एकता प्रवर्द्धन गर्दै आएको नेपाली टेनिस क्लब अस्ट्रेलिया (NTCA) ले सन् २०२६–२०२८ कार्यकालका लागि दिपेन्द्र गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अनुभवी, समर्पित र खेलप्रेमी नेतृत्वको आगमनसँगै क्लबले अझ सशक्त कार्यक्रम, व्यवस्थित संरचना र दीर्घकालीन लक्ष्यसहित अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

नवगठित कार्यसमितिमा अध्यक्षमा दिपेन्द्र गुरुङ,उपाध्यक्षमा नवीन कँडेल, सचिवमा बलराम भण्डारी, सह-सचिवमा भेष थापा, कोषाध्यक्षमा राजु के.सी. तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्। यस्तै, कार्यसमिति सदस्यहरूमा उमेश बुढाथोकी, कुमार ढकाल, मोहन शाही, दीपेश कुँवर, सुदीप गुरुङ, रेशम गुरुङ, लोकेन्द्र गुरुङ, मोहन श्रेष्ठ, दिलिप तामाङ र नवीन कम्बाङ रहेका छन् ।
नेपाली टेनिस क्लब अस्ट्रेलिया अस्ट्रेलियामा रहेका नेपाली समुदायबीच टेनिस खेललाई लोकप्रिय बनाउने, नयाँ खेलाडी उत्पादन गर्ने तथा खेलमार्फत आपसी सम्बन्ध मजबुत बनाउने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो। क्लबले नियमित अभ्यास, मैत्रीपूर्ण प्रतियोगिता, प्रशिक्षण कार्यक्रम र समुदायिक भेटघाटहरू सञ्चालन गर्दै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्दै आएको छ। पछिल्ला वर्षहरूमा युवा सहभागिता विस्तार गर्दै क्लबले नेपाली समुदायमा खेलकुद संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
नव–निर्वाचित अध्यक्ष दिपेन्द्र गुरुङको नेतृत्वमा कार्यसमितिले क्लबलाई अझ व्यवस्थित बनाउँदै नियमित प्रतियोगिता विस्तार, नयाँ खेलाडीलाई अवसर प्रदान गर्ने, युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्ने तथा समुदायसँग सहकार्य गर्दै NTCA लाई अस्ट्रेलियामा नेपाली खेलकुद संस्थाको नमूना संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिएको लक्ष्य लिएको जनाएको छ।
यसै क्रममा क्लबले आगामी तीन वर्षका लागि ‘Loan Solutions’ लाई प्रमुख प्रायोजकका रूपमा चयन गरिएको जानकारी पनि सार्वजनिक गरेको छ। संस्थाले जनाएअनुसार नयाँ प्रायोजन सम्झौताले क्लबका दीर्घकालीन कार्यक्रम, प्रशिक्षण गतिविधि, प्रतियोगिता आयोजना तथा समुदायिक सहभागिता विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।



तपाइँको प्रतिक्रीया