२०८२ चैत ९ सोमबार

केपी ओलीविरुद्ध उजुरी

  • २०७८ माघ १६ आइतबार

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कारवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ ।

सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।

उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड संक्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी भइ आफुलाई सामान्य संक्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।

उक्त विषयमा बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएको जानकारी गराउँदै उक्त समाचारहरु र तस्वीर निवेदनका साथ पेश गर्ने समेत निवेदकले बताएका छन् । ratopati