काठमाडौं, ३२ साउन । युइएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जितेको छ । गएराति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
खेलको २५औं मिनेटमा योउसेफ नेसयरीको गोलमा अग्रता लिएको सेभियाले खेलको ६३औं मिनेटमा गोल खाएपछि खेल बराबरी भएको थियो । सिटीका लागि कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरेका थिए ।
पेनाल्टीमा सिटीका एर्लिङ हालाण्ड, युलियन अल्भारेज, माटीओ कोभाचिच, ज्याक ग्रिलिस र किले काल्करले गोल गरे ।
सेभियाका लुकास ओकाम्पोस, राफा मिर, इभान राकिटिच, गोन्जालो मोल्टेइलले गोल गर्दा नेमान्जा गुडेल्ज गोल गर्न चुके ।

तपाइँको प्रतिक्रीया