अस्ट्रेलिया । अस्ट्रेलियाको मेलबर्नमा रहेको नेपाली समुदायको क्लब यति एफसीको अध्यक्षमा कर्ण लामा चयन भएका छन् ।
मेलबर्नमा भएको साधारणसभाबाट कर्ण लामाको नेतृत्वमा १३ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको यति एफसीले विज्ञप्तीमार्फत जनाएको छ ।
दुई उपाध्यक्षमा सज्जन शर्मा र अनामिका राई गुरुङ तथा कोषाध्यक्षमा विपस्ना लामा, सचिवमा रुक्सन राई र सहसचिवमा भरत राना निर्वाचित भएका छन् ।
सदस्यहरुमा इन्द्र गुरुङ, विषन गुरुङ, सुरुची श्रेष्ठ,लक्ष्मी गुरुङ र मोनिका महर्जन निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष राज शर्मा हुन भने बोर्ड अध्यक्षमा बम गुरुङ छन् । मेलबर्नमा बसोबास गर्ने फुटबलप्रेमीहरुले सन् २००१ मा स्थापना गरेको क्लबले २०१५ मा अस्ट्रेलियाली फुटबल संरचनाको पहिलो खुट्किलो ‘स्टेट फाइभ लिग’ खेलिसकेको थियो ।
अहिले भने क्लबले त्यहाँ सामुदायिक फुटबल ‘सन्डे लिग’ खेलिरहेको छ ।

तपाइँको प्रतिक्रीया