२०८२ चैत १० मङ्गलबार

नेपाली क्रिकेटको ऐतिहासिक दिन, विश्व नम्बर एक पाकिस्तानसँग भिड्दै

  • admin २०८० भाद्र १३ बुधबार

काठमाडौं । नेपाल आज (बुधबार) पहिलोपटक एसियाको सबैभन्दा ठूलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता एसिया कप खेल्दै छ।

पाकिस्तानस्थित मुलतान क्रिकेट स्टेडियममा हुने एसिया कपको उद्घाटन खेलमा नेपाल ओडीआई वरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानसँग भिड्ने भएको हो।

नेपालको क्रिकेट इतिहासमा नेपाली टोली पहिलोपटक ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

नेपाल भने ओडीआई वरीयताको १५ औँ स्थानमा छ।

नेपाल-पाकिस्तानको खेल नेपाली समयानुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

त्यसो त नेपाल एसिया कपमा छनोट भएको भने यो दोस्रोपटक हो।

नेपाल सन् २००२ मा पनि एसिया कपका लागि छनोट भएको थियो। तर त्यस बेला भारत र पाकिस्तानबीच कारगिलमा युद्ध भइरहेको थियो।

जसका कारण भारतले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि नेपाल एसिया कप खेल्नबाट वञ्चित भएको थियो।