२०८२ चैत १ आइतबार

मेलबर्नस्थित अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रमा मूर्तिहरुको प्राण प्रतिष्ठा

  • admin २०८० भाद्र १७ आइतबार

अस्ट्रेलिया । अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (ANMC) ले बिद्यमान संरचनाको जिर्णोद्धार गरी त्यहाँ रहेका मूर्तिहरुको प्राण प्रतिष्ठा एबम मूर्ति स्थापना कार्यक्रम सम्पन्न गरेको छ ।

२५, २६ र २७ अगस्ट गरी ३ दिन बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म 100 Duncans Lane, Diggers Rest को परिसरमा स्थापना गरिएका देवताका मूर्तिहरूलाई जीवन शक्तिसहित अभिषेक गर्ने ऐतिहासिक र महत्वपूर्ण कार्यक्रममा भिक्टोरियाका नेपाली समुदाय र अन्य बहुसांस्कृतिक समुदायका पाहुना, स्वयंसेवक, सामुदायिक अगुवा र सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।

नेपाली संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने महान र पुनित उद्धेस्यका साथ २०१४ मा स्थापित संस्था नेपाली सामुदायिक केन्द्रले पन्डित दिनबन्धु पोखरेलको सहभागितामा आयोजना गरेको सप्ताह मार्फत गरिएको कोष संकलनका कारण १२० रोपनीभन्दा बढी उक्त जग्गा खरिद गर्न सफल भएपस्चात परियोजनाले गति लिंदै यो कार्यक्रम आयोजना गर्ने अवस्थामा आइपुगेको हो ।

२३ अगस्टमा कलश यात्राबाट शुरु भएको प्राणप्रतिष्ठा २७ अगस्टका दिन औपचारिक कार्यक्रम, मूर्तिको औपचारिक उद्घाटन र आरती गरी समापन भएको थियो । तीन दिनसम्म चलेको उक्त कार्यक्रममा २ हजारभन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

मेलबर्नका पाँच गुरु शंकर गौतम, सूर्यप्रसाद दाहाल, नारणप्रसाद ज्ञवाली, नारायण दाहाल र विमल आचार्यले अनुष्ठानको भाग सञ्चालन गरेका थिए । अन्तिम दिन गुरु रामप्रसाद रिजाल पनि टोलीमा सामेल भएका थिए ।

कार्यक्रममा उपस्थित संपूर्ण भक्तजनलाई Nepalese Neighbourhood Community – NNCI समूहले स्वयं सेवकको रुपमा भन्दाराको ब्यबस्था गरेको थियो ।

“प्राण प्रतिष्ठा तथा मूर्ति स्थापना” कार्यक्रममा त्रिशुल पुजा गरेर उक्त त्रिशुल गजुरको रुपमा स्थापना गर्ने कार्य गरिएको थियो ।कार्यक्रमको तिनै दिन नाचगान र भजन कीर्तन गरिएको थियो।