अस्ट्रेलिया ।अस्ट्रेलियाको फ्रेन्चाइज लिग बिग बास लिग (बीबीएल) को ड्राफ्टमा रहेका नेपाली खेलाडीप्रति कुनै पनि क्लबले चासो देखाएनन् । आज भएको अक्सनमा नेपाली सबै खेलाडी अनसोल्ड भए ।
यसअघि बीबीएल खेलिसकेका स्पीनर सन्दीप लामिछाने पनि अनसोल्ड भएका छन् । ड्राफ्टमा नेपालका लामिछाने, देव खनाल, आसिफ शेख, आरिफ शेख र अर्जुन साउद थिए ।
स्मरण रहोस् सन्दीप लामिछाने बीबीएलमा खेलेसँगै ग्लोबल स्टार बनेका थिए । उनले बीबीएलका दुई क्लबबाट खेलेका थिए । तर पछिल्लो समय उनको ओरालो यात्रा लागेको छ ।

तपाइँको प्रतिक्रीया