एडिलेड अष्ट्रेलिया । एडिलेडमा हिन्दु महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तिजको अवसरमा ‘तीज धमका–५’ हुने भएको छ। ग्रिस इभेन्ट एण्ड इन्टरटनमेन्टको आयोजनामा सेप्टेम्बर १६ शनिबार वुड एवेन्यू, ब्रॉम्पटन एडिलेडमा तिज धमाका–५ हुन लागेको हो।
नेपालका चर्चित कलाकार शान्ति श्री परियार, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्री र बिक्रम कालिकोटेको बिजोड प्रस्तुति रहने ग्रिस इभेन्ट एण्ड इन्टरटनमेन्टका निर्देशक गगन गिरीले जानकारी दिए।
ग्रेस इटरनेशनल एजुकेशन एण्ड माइग्रेशन एडिलेड, फ्रेश चुलो रेष्टुरेन्ट र कालीकोटे ज्वेलरी एडिलेड टाइटल स्पोन्सर रहेको उक्त कार्यक्रममा Yarsa Event and Entertainment इभेन्ट पार्टनर रहेको छ ।
प्रवेश निशुल्क रहेको उक्त कार्यक्रममा फ्रेश चुलो रेष्टुरेन्ट र अल इन वान नेप्लिज एण्ड साउथ एसियन ग्रोसरीले फ्रिमा दर तथा खानाको व्यवस्था गरेको संचालक प्रदिप रानाभाट र चुङ गुरुङले बताए।
साँझ ६ बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारसँगै नाच्न, गाउँन र रमाउन सकिने आयोजकले बताउनुभयो / उक्त दिन कार्यक्रम प्रवेश निशुल्क भएकाले आयोजकले सम्पूर्ण एडिलेडवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थितिका लागि आग्रह गरेका छन्।


तपाइँको प्रतिक्रीया