काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको लगानीमा नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण भएको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल आज बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।
हल निमार्णको सम्पूर्ण निर्माण कार्य सम्पन्न भईसकेकाले शुक्रबार बिहानै उद्घाटन गरेर हल सञ्चालनमा ल्याउन लागेको दीपाले जानकारी दिईन ।
उद्घाटनको दिन सो सिनेमा हलमा दिपेन्द्र लामा निर्देषित फिल्म नाङ्गो गाउँ र झरना थापा निर्देशित फिल्म एक भागवत र एक गीता लाग्नेछ ।

तपाइँको प्रतिक्रीया