२०८२ चैत १० मङ्गलबार

नवनियुक्त चार देशका राजदूतले लिए शपथ

  • admin २०८० असोज १० बुधबार

काठमाडौं । नवनियुक्त चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त राजदूतहरूलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

सरकारले फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदीलाई नियुक्त गरेको थियो।