काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान इजरायल पठाउने निर्णय गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्स पठाउने निर्णय गरेको हो । एयरलाइन्समा परराष्ट्रमन्त्री पनि विद्यार्थी लिन इजरायल जानेछन् ।
नेपालीलाई लिन आज राति विमान त्यसतर्फ प्रस्थान गर्नेछ । नेपाल आउन चाहने मध्ये सबै भन्दा बढी विद्यार्थीहलाई प्राथमिकतामा राखिएको छ ।
बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ । इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।

तपाइँको प्रतिक्रीया