काठमाडौं । एनआरएनए अष्ट्रेलियाले काठमाडौंमा आयोजित कार्यक्रममा ५ विभिन्न क्षेत्रमा योगदान दिइरहेका व्यक्तिहरूलाई सम्मान गरेको छ।
जसमा सामाजिक क्षेत्रमा डा. भगवान कोइराला, म्युजिक तथा पफर्मिङ आर्ट्स विधामा नेपथ्यका अमृत गुरुङ, खेलकुद विधामा रुविना श्रेत्री, र शिक्षा तर्फमा डा. महावीर पुनलाई सम्मान गरिएको छ।
संघले यसका साथै ४ वटा स्कुलहरूलाई १ लाख रुपैयाँको आर्थिक सहयोग पनि पुर्याएको छ, जसमा लमजुङको सरस्वती आधारभुत विद्यालय, सुर्खेतको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय, रौतहटको श्री बिशारा आधारभुत विद्यालय, र दोलखाको फुलपा आधारभुत विद्यालयमा सहयोग गरेको छ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिवमा संन्तोष कुँवर, सचिवमा थिरबहादुर गुरुङ, कोषध्यक्षमा अर्जन गौतम, सह-कोषाध्यक्षमा रोजी पन्त, युवा संयोजकमा सुमन बोहोरालगायतका पदाधिकारीको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रीया