काठमाडौं, १ कात्तिक । इजरायलको तेल अभिभबाट भारतको उद्धार विमानमार्फत् उद्धार गरिएका १८ नेपाली भारतको दिल्ली आइपुगेका छन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले इजरायलबाट १८ नेपाली नागरिकको उद्धार गरिएको जनाएका छन् । उनले नेपाली नागरिकको उद्धार गरेकोमा भारतलाई धन्यवाद दिएका छन् ।
‘भारत सरकारलाई धेरै–धेरै धन्यवाद अनि आभारी छौँ’, शर्माले फेसबुकमा लेख्दै भनेका छन्, ‘अपरेसन विजय अन्तर्गत आफ्ना नागरिकसँगै १८ जना नेपालीलाई पनि इजरायलबाट ल्याउनुभएकोमा ।’
उद्धार गरिएका नेपालीलाई दिल्ली विमानस्थलमा स्वागत गर्दै नेपाल जाने यातायातको व्यवस्था पनि गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।


तपाइँको प्रतिक्रीया