२०८२ चैत १० मङ्गलबार

नेपालले हरायो हङकङलाई

  • admin २०८० कातिर्क २ बिहीबार

काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले हङकङलाई पराजित गरेको छ । हङकङ नेपालसँग ६ विकेटले पराजित भएको हो ।

हङकङले प्रस्तुत गरेको ९५ रनको लक्ष्य नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर आसिफ शेखले ४२ रन बनाएको इनिङ्समा कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए ।

गुल्सन झा १४ रनमा नकआउट रहदाँ कुशल भुर्तेलले ८, कुशल मल्लले १ र सन्दीप जोराले ३ रन बनाएका थिए । हङकङका इसान खानले ३ तथा यासिम मुर्ताजाले १ विकेट हात पारे । सुरुआती ब्याटिङ गरेको हङकङ ३ बल अगावै ९४ रनमा अलआउट भएको थियो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहित पौडेलको निर्णयलाई सहि सावित गर्दै तिव्र गतिका बलर करन केसीले ४ विकेट लिएपछि हङकङको ब्याटिङ लाइन धरासायी बनेको थियो । नेपालका लागि सोमपाल कामी र अविनास बोहोराले समान दुई तथा कुशल मल्ल र मौषम ढकालले समान एक विकेट लिएपछि हङकङ ९४ रनमा समेटिएको हो ।

हङकङका लागि यासिम मुर्ताजाले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । जिसान अलीले १७ रन बनाए । अन्यले दोहोरो अंक समेत छुन सकेनन् । नेपालले त्रिकोणात्मक क्रिकेट सिरिजमा लगातार दोस्रो जित दर्ता गरेको छ । नेपालले सिरिजको पहिलो खेलमा यूएईलई ७ विकेटले हराएको थियो ।

फाइनल खेल कात्तिक १० गते शुक्रबार त्रिवि मैदान कीर्तिपुरमा हुनेछ।