२०८२ चैत १० मङ्गलबार

एडिलेडमा सुगम र सुदिन पोखरेलको ‘दसैँ तिहार फेस्टिभल लाइभ इन कन्सर्ट’ हुँदै

  • admin २०८० कातिर्क १४ मङ्गलबार

अष्ट्रेलिया एडिलेड। नेपालीहरूको महान् चाड बडा दसैँ र तिहारको अवसर पारेर अष्ट्रेलियाको एडिलेडमा ‘दसैँ तिहार फेस्टिभल लाइभ इन कन्सर्ट’ हुने भएको छ। गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्ट र यार्सा इभेन्ट एण्ड इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गरेको दसैँ तिहार फेस्टिभलमा नेपालका चर्चित कलाकार सुगम पोखरेल र सुदिन पोखरेलले दमदार प्रस्तुति दिने भएका छन् ।

नोभेम्बर ४ तारिखका दिन एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा उक्त सांगीतिक कार्यक्रम हुन लागेको हो । कार्यक्रमको हल प्रवेशका लागि २० अस्ट्रेलियन डलर शूल्क तोकिएको छ।

साँझ ६:३० बजेबाट सुरु हुने सांगीतिक कार्यक्रम राति ११ बजेसम्म चल्नेछ । ग्रेस इटरनेशनल एजुकेशन एण्ड माइग्रेशन एडिलेड टाइटल स्पोन्सर रहेको कार्यक्रमलाई कालीकोट ज्वेलरी र एक्सपर्ट एजुकेशन भिजा सर्भिसले सघाएको छ। साथै उक्त कार्यक्रमको मिडिया पार्टनर साथी टीभी रहेको छ।

दसैँ तिहार फेस्टिभल लाइभ इन कन्सर्टकोटिकट खरिदका लागि यो लिङ्कमा क्लिक गर्नुहोला ।  https://www.girishevent.com.au/…/dashain-tihar…/buy-now