काठमाडौं ।अर्जेन्टिना तथा इन्टर मियामीका फरवार्ड लियोनल मेस्सीले आफ्नै किर्तिमान तोडेर आठौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन नेतृत्त्वदायी भूमिका खेलेका ३६ वर्षीय मेस्सीलाई सोमबार पेरिसमा आयोजित समारोहमा पुरुष तर्फको उक्त अवार्ड प्रदान गरिएको हो ।
मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जित्न सफल भए । विश्वकपको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४(२ को हारमा ह्याट्रिक गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए। बालोन डीुओरमा वर्षको उत्कृष्ट फुटबलर चुन्न विश्वभरका १०० पत्रकारहरूले मतदान गरेका थिए ।
मेस्सीले अब अरू खेलाडीभन्दा तीनवटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले यो पाँच पटक जितेका छन् ।

तपाइँको प्रतिक्रीया