२०८२ फागुन १८ सोमबार

रिगललाई पुन: पक्राउ गर्न सर्वोच्चको परमादेश

  • admin २०८० कातिर्क १६ बिहीबार

काठमाडौं । सर्वोच्च अदालतले बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकालको आममाफी बदर गरेको छ ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा बदर गर्दै पुन: पक्राउ गर्न परमादेशसमेत दिएको छ ।

अदालतले रिगललाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन कैद भुक्तान गराउन पनि आदेश दिएको छ ।

नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल सजाय पाएका रिगललाई सरकारको सिफारिसमा गत संविधान दिवसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।