२०८२ चैत १० मङ्गलबार

मौनधारण नगरेको भन्दै अष्ट्रेलियामा सुगमले दर्शकलाई माइकले हाने कसैको नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु : सुगम

  • admin २०८० कातिर्क १९ आइतबार

एडिलेड । सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा रहेका गायक सुगम पोखरेलले दर्शकलाई माइकले प्रहार गरेका छन् ।

अष्ट्रेलियामा आयोजना भएको सांकृतिक कार्यक्रममा गीत गाउन स्टेजमा उक्लिएका सुगमले दर्शकसँग कुराकानी गरिरहेको सार्वजनिक भएको भिडियोमा हेर्न सकिन्छ । दर्शकलाई उनलाई ‘झिल्के’ गीत गाउन आग्रह गरेका थिए ।

यसपछि, दर्शकलाई सुगमले नेपालमा भूकम्प गएको र १ सय ३३ जनाको निधन भएको भन्दै मौनधारण गर्नका लागि आग्रह गरेका छन् । सुगमले मौन धारण गर्न आग्रह गर्दा पनि दर्शकदिर्घामा भने हल्ला रोकिएको थिएन ।सुगमले मदिरा सेवन गरेर आफ्नो सांगीतिक पस्तुती दिएकोप्रति दर्शकहरु असन्तुष्टि देखिन्थ्यो।

नेपालीहरुको निधन भएकाले मौन धारण गर्नका लागि बारम्बार आग्रह गर्दा पनि दर्शकमा हल्ला नरोकिएपछि सुगम केही आक्रोशित भएका थिए । यसपछि, उनी आफूले गीत गाइरहेको माइक लिएर स्टेजबाट तल झरेका थिए । उनले, माइकले एक जना दर्शकलाई प्रहार गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

त्यसको लगत्तै फेरी पानीको बोतल प्रहार गरेका थिए  उनलाई सुरक्षागार्डले समातेर स्टेज पछाडि लैजान खोजेका थिए । सुगम फेरि स्टेज उक्लिए । सुगमको आक्रोश अझै रोकिएको थिएन भने दर्शकहरुले सुगम ले माफी माग्नुपर्ने बताइरहेका थिए।

सुगमको यो व्यवहारको सामाजिक संजालमा तिव्र आलोचना भैरहेको छ । सांगीतिक कार्यक्रममा विदेशमा पुग्दा कलाकारहरुबाट हुने यस्तो खालको व्यवहारले सिंगो कला क्षेत्रलाई नै असर पुग्ने भन्दै आलोचना भैरहेको हो ।

कार्यक्रममा उद्घोषण गरेका रुद्र उपाध्यायले घटनाबाट लज्जित भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै दु:ख व्यक्त गरेका छन् ।

‘मलाई त्यो परिस्थितिलाई ह्यान्डल गर्न गाह्रो परेको थियो । मैले कुनै पनि चर्चित व्यक्तिबाट यस्तो हर्कतको सामना गरेको थिइनँ ।’

उनले अब आइन्दा यस्ता कार्यक्रममा नेपालबाट अतिथि निम्त्याउँदा उनीहरूको बानी व्यहोराबारे राम्ररी बुझ्नुपर्ने सुझाव दिएका छन् ।

सुगमको प्रश्न–‘हामी संवेदनाहिन भएका हौं’ ?

यसैबिच, गायक सुगम पोखरेलले सामाजिक संजाल टिकटकमा एक भिडियो सार्वजनिक गर्दै यो घटनाको बिषयमा स्पष्टिकरण दिएका छन् ।
उनले प्रश्न गरेका छन्–‘के हाम्रो नेपाली समाज यति संवेदनाहिन भएको हो र ? देशलाई दुखिरहेको छ अहिले खासमा । भूँइचालोका कारणले गर्दा । देशलाई दुख्दा मलाई दुख्छ, म नेपाली कलाकार हुँ । हिजोको कार्यक्रममा मौनधारण गरौं भन्दा खेरी । तपाई भिडियोमा देख्न सक्नुहुन्छ । यसैले, मेरो त्यस्तो व्यवहार त्यसैको कारणले भएको हो । कसैको नेपाली मनलाई चित्त दुखाएको भए क्षमा चाहन्छु । तर, सधै नेपाली गीतसंगीतको सेवा गर्नेछु ।’