२०८२ चैत ९ सोमबार

भूकम्प पीडित परिवारलाई दुई लाख राहत दिने निर्णय

  • admin २०८० कातिर्क १९ आइतबार

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका परिवारलाई दुई लाखका दरले राहत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल राहतस्वरुप पहिलो चरणमा सो सहयोग उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

यसैगरी भूकम्पका कारण मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धारको कामलाई तीव्रता दिने र घाइतेको नि:शुल्क उपचार गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।

बैठकले प्रभावितका लागि विदेशी सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको उनले बताइन् ।