२०८२ चैत १० मङ्गलबार

पोखराको लेकसाइड चौबिसै घण्टा खोल्न पाउने

  • admin २०८० कातिर्क २२ बुधबार

पोखरा । पर्यटकीय शहर पोखरास्थित लेक साइड चौबिसै घण्टा खुला रहने भएको छ ।

उच्च अदालत पोखराले व्यवसायीको पक्षमा फैसला सुनाउँदै चौबिसै घण्टा खुला राख्न दिन आदेश दिएको हो ।

यसअघि प्रहरीले लेक साइडमा पनि समय निर्धारण गरेपछि व्यवसायी अदालत पुगेका थिए । व्यवसायी देवीकुमारी बरालले जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाएर रिट हालेकी थिइन् ।