२०८२ चैत १० मङ्गलबार

अस्पतालबाट डिस्चार्ज भए कलाकार प्रकाश घिमिरे

  • admin २०८० कातिर्क २४ शुक्रबार

काठमाडौं । नेपाली फिल्मका चर्चित कलाकार प्रकाश घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

कार्तिकको १० गते घाँस काट्न जाने क्रममा भीरबाट लडेर उनी गम्भिर घाइते भएका थिए । उनको करङ भाच्चिएको थियो भने फोक्सोमा पानी जमेको थियो । तर, स्वास्थ्यमा क्रमिक सुधार आएपछि उनलाई फलोअपमा आउने गरि अस्पतालले डिस्चार्ज गरेको हो ।

कलाकार घिमिरे फिल्म ‘महाजात्रा र डिग्र माइला’मा काम गर्ने तयारीमा छन् । फिल्म ‘महाजात्रा’का निर्देशक प्रदीप भट्टराइले प्रकाशलाई नै आफूहरुले पर्खिने बताएका थिए ।

अस्पतालबाट डिस्चार्ज भएपछि आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबै शुभचिन्तकहरुलाई उनले धन्यवाद दिएका छन् । घिमिरेले अभिनय गरेको फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’मा कार्तिक ४ गतेबाट हलमा चलिरहेको छ ।