२०८२ चैत १ आइतबार

अस्ट्रेलियाका प्रत्येक नेपालीका घर-घरमा डा.महाबिर पुनको पुस्तक पुर्याउने

  • admin २०८० कातिर्क २४ शुक्रबार

अस्ट्रेलिया । अस्ट्रेलियाका प्रत्येक नेपालीका घर घरमा डा.महाबिर पुनको पुस्तक”महाविर पुनः संझना, सपना र अविरल यात्रा”पुर्याइने भएको छ । एसियाको नोवेल पुरस्कार भनिने म्यागासेसे पुरस्कार विजेता नेपाली व्यक्तित्व महाविर पुनको जिवनीका समस्त उतारचढावहरु समेटिएको पुस्तक “महाविर पुनः संझना, सपना र अविरल यात्रा” नेपाली बजारमा आईसकेको छ। भने विदेशमा पनि यसको बिक्री वितरणको लागि समन्वय गरिएको छ।

पुस्तकलाई बजारमा पुर्याऊने वितरकहरुलाई कमिसन दिनुभन्दा आफै विक्री गरि त्यसको रकम विरगन्ज कृषि औजार कारखानाको स्तरोन्नतीमा खर्च गर्ने महाविर पुनको पुण्यकर्मलाई प्रदेशबाट पनि साथ मिलेको छ । जसको मुख्य नेतृत्व अष्ट्रेलियाको सिड्नीबाट तीर्थराज खतिवडाले लिनु भएको छ । अष्ट्रेलियाको बिभिन्न शहरहरुमा स्वयंसेवकहरूको नेतृत्वमा पुस्तकको बुकिङ खुलाइने खतिवडाले बताउनुभयो। प्रति किताव $१५ मुल्य रहने र नेपाल देखिको कुरियर खर्च बाहेकको सबै रकम महाविर पुनको खातामा सोझै जम्मा हुनेछ।

त्यसैगरी साउथ अस्ट्रेलियामा पनि पुस्तकको बुकिङ खुला गरिएको छ।

साउथ अष्ट्रेलियाको हकमा कम्तिमा ५ वटा स्थानबाट किताव वितरण हुने स्वयंसेवा आरके शर्माले जानकारी दिनुभयो।

यो नेपाल सेवाको अर्को एक पुण्य कर्म हो। पुस्तक नोभेम्बरको अन्तिम तिरबाट उपलब्ध हुनेछ शर्माले जानकारी दिनुभयो ।

महाविरहरुलाई पढे हाम्रो जिवनमा पनि केहि उर्जा पक्कै थपिनेछ। आउनुहोस यसमा हातेमालो गरौं।
कृपया आफ्नो नाम सुरक्षित राख्न तलका फोन नम्बरहरुमा आजै सम्पर्क गर्नुहोला ।

पुस्तक बुकिङका लागि साउथ अष्ट्रेलियाका सम्पर्क व्यक्तिहरु
1) RK Sharma :0451101896
2) Kapil Pandey : 0457 309 367
3) Utsab KC : 0402710259
4)Tirtha Raj Khatiwada :0412 297 390 (Sydney)