२०८२ चैत ९ सोमबार

भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले ५० हजार दिने

  • admin २०८० कातिर्क २६ आइतबार

काठमाडौ । सरकारले जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने भएको छ ।

आज गृह मन्त्रालयमा बसेको विपद् न्यूनीकरण समितिको बैठकले प्रभावित प्रति परिवारलाई ५० हजार दिने निर्णय गरेको हो ।

रकम २५/२५ हजार रुपैयाँका दरले दुई किस्तामा उपलब्ध गराइने जनाइएको छ ।

बैठकले राहत उपलब्ध गराउन जाजरकोट र रुकुम पश्चिम जिल्लालाई पाँचरपाँच करोड उपलब्ध गराउने कार्यकारी प्रमुख स्तरीय निर्णयको अनुमोदन पनि गरेको छ । साथै जाजरकोट, पश्चिम रुकुम र सल्यानमा प्रमुख जिल्ला अधिकारीले विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ बमोजिम बमोेजिम रकम खर्च गर्ने सम्बन्धमा प्रतिकार्यका लागि गर्नसक्ने खर्च र सीमा तोकेको छ ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत,शहरी विकास मन्त्री सिता गुरुङ, विपद् जोखिम न्यूनीकरणका सह–सचिव भरतमणी पाण्डे लगायत सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।