२०८२ चैत १० मङ्गलबार

रेट्रो फिटिंग गरेर पुनर्निर्माण गरिएको कार्यालयमा सरे प्रधानमन्त्री (तस्वीरहरू)

  • admin २०८० मंसिर ६ बुधबार

काठमाडौं । २०७२ सालमा गएको भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुर्ननिर्माणपछि आजदेखि सञ्चालनमा आएको छ ।

सिंहदरबारको पश्चिम तर्फको रेट्रो फिटिंग गरेर बनाइएको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरेका हुन् ।

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्री प्रचण्डले भूकम्पबाट क्षति भएको १२० वर्ष पुरानो भवनको मूल संरचनालाई कायमै राखेर पुनर्निर्माण गरिएको बताए ।