२०८२ चैत ९ सोमबार

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

  • admin २०८० मंसिर १३ बुधबार

काठमाडौं, । नेपालमा पहिलो पटक समलिंगीको विवाह दर्ता भएको छ।
लमजुङ दोर्दी गाउँपालिका-२ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका-८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दर्ता भएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले जानकारी दिए। दोर्दी गाउँपालिकामा उक्त विवाह दर्ता भएको हो।

यसअघि समलिंगी विवाहले कानूनी मान्यता पाउनुपर्ने माग राख्दै दायर रिटमा सर्वोच्च अदालतले समलिंगी विवाह दर्ता गरी अस्थायी अभिलेख राख्न अन्तरिम आदेश जारी गरेको थियो।