२०८२ फागुन १८ सोमबार

आईपीएल अक्सनमा रोचक दृश्य, कमिन्सलाई उछिन्दै अस्ट्रेलियाकै स्टार्क बने महँगा खेलाडी

  • admin २०८० पौष ३ मङ्गलबार

अस्ट्रेलिया । सन् २०२४ मा भारतमा हुने आईपीएल क्रिकेटको अक्सन चलिरहँदा आज नाटकीय घटनाक्रमहरू देखा परेका छन् । मंगलबार केही समयअगाडि मात्र अस्ट्रेलियाका कप्तान प्याट कमिन्स २० करोड ५० लाख भारुमा बिक्री भएका छन् । उनलाई सनराइजर्स हैदरावादले खरिद गरेको हो ।
उनी आईपीएलकै सर्वाधिक महँगा खेलाडी बनेको केही बेरमै फेरि अस्ट्रेलियाकै अर्का खेलाडी आईपीएलकै सर्वाधिक महँगा खेलाडी बनेका छन् । अस्ट्रेलियाका मिचेल स्टार्क २४ करोड ७५ लाख भारतीय रुपैयाँमा कोलकाता नाइट राइडर्समा अनुबन्धित भएका छन् ।