२०८२ चैत ९ सोमबार

काठमाडौं उड्न लागेको बुद्ध एयरको ढोका खुलेपछि…

  • admin २०८० पौष ५ बिहीबार

पोखरा । पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेको छ ।

बिहीबार बिहान ९ः४० बजे पोखराबाट काठमाडौं उड्न लागेको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आकस्मिक ढोका यात्रुले खोलेका थिए ।

विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ ।

यात्रुले के कति कारणले ढोका खोलेका हुन्, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले ती यात्रुसँग सोधपुछ गरिरहेको पनि बुद्ध एयरले जनाएको छ ।

ढोका खोलेको विमान प्राविधिकले जाँच गरिरहेको बताइएको छ । काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले जनाएको छ ।