काठमाडौं, ७ पुस । इंग्लिस क्लब म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।
गएराति साउदी अरेबियामा भएको फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।
म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले दुई गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।
फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन् । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी पाँच पटक जितेको छ भने बार्सिलोनाले तीन पटक जितेको छ

तपाइँको प्रतिक्रीया