काठमाडौं । सर्लाहीको बरहथवामा आन्दोलनरत स्थानीय र प्रशासनबीच समहमति भएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षी बैठकमा सहमति भएको हो । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको हो ।
बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने, गोली चलाउने दोषी प्रहरी कर्मचारीलाई छानबिन गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने सहमति बैठकले गरेको छ।
प्रहरीको गोली लागेर शुक्रबार दिउँसो मृत्यु भएका बरहथवा नगरपालिका-६ का जयशंकर मृत्यु भएको थियो । सहमतिसँगै उनको शव उठाएर पोष्मार्टमको तयारी गरिएको छ ।


तपाइँको प्रतिक्रीया