२०८२ चैत ९ सोमबार

स्कटल्यान्डको एबरडीन आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ

  • admin २०८० माघ २१ आइतबार

काठमाण्डाै – स्कटल्यान्डको एबरडीन सहरमा सोमवार भएको आगलागीमा परि दुई जना नेपाली दिदीबहिनीको ज्यान गएको छ ।

ब्ल्याक हिल्टन रोडमा लागेको आगलागीमा शिक्षा सुवेदी र आँचल सुवेदीको ज्यान गएको स्थानीय एबरडीन लाइभले जनाएको छ । अन्दाजी २२ वर्षकी आँचल पेसाले इञ्जिनियर र २४ वर्षकी शिक्षा आईटी अध्ययन गरी पेसामा आबद्ध हुनुहुन्थ्यो । सुवेदी दिदीबहिनी डा. यज्ञ सुवेदीका छोरीहरु हुन् ।

डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुनुहुन्छ । पोखरा घर भएका सुवेदी परिवार लामो समयदेखि एबरडिनमा बसोबास गर्दै आएका छन् ।
आगलागीका बेला धुवाँमा निस्सासिएर उनीहरु बेहोस भएका र पछि मृत घोषणा गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको र थप विवरण खुलिनसकेको स्कटल्यान्ड प्रहरीले जनाएको छ ।