२०८२ चैत ८ आइतबार

कतारका अमिरलाई राष्ट्रपति पौडेलले स्वागत गर्ने

  • admin २०८१ बैशाख १० सोमबार

काठमाडौं । कतारका अमिर शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने हुनु भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपराहन्न ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने हुनु भएको हो ।

कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदै हुनुहुन्छ । सो अवसरमा सरकारले मंगलबार सार्बजनिक बिदा समेत दिएको छ ।