२०८२ चैत ८ आइतबार

मिनबहादुर गुरूङले एमालेलाई दान दिएको जग्गाविरूद्वको रिट खारेज,भवन बनाउने बाटो खुल्यो

  • admin २०८१ पौष १ सोमबार

काठमाडौं- नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय बनाउन भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गा दान विवादबारे परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

गुरुङले एमालेलाई कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरस्थित जग्गा दान दिएपछि परेको रिटमा सर्वोच्च अदालतले सोमबार सुनुवाइपछि खारेज गर्ने निर्णय सुनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनुवाइपछि रिट खारेज हुने आदेश आएको हो ।

अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिट खारेज भएसँगै अब कीर्तिपुर नगरपालिकास्थित मीनबहादुरले दिएको दाने जग्गामा एमालेको केन्द्रीय कार्यालय भवन बन्ने बाटो खुलेको छ ।